Wednesday, April 8, 2020

माटो परिक्षण विधि


माटो परिक्षण विधि


माटोको जाँचको आवश्यकता ‍
द्रुतगतिमा बढिरहेको जनसंख्यालाई खुवाउन सकिने अन्न उत्पादन गर्नुपर्ने अनिवार्य तथा बाध्यताहरुलाई हाल आएर कृषि वैज्ञानिकहरु र  कृषकहरुको चुनौति नै भएको छ । घट्दो खेति योग्य जमिनले बढ्दो जनसंख्याको माग लाई परिपुर्ति गर्नुपर्ने आवश्यकता छ। माटोको बिश्र्लेषण कृषी कर्मको एउटा महत्वपुर्ण पाटो भएकोले माटोको नमुना संकलन गरि जाँच गर्नु नितान्त आवश्यक हुन्छ ।
बालि उत्पादन वृदि गर्न रासायनिक मलको सुरु भएपनि असन्तुलित रुपमा रासायनिक मलको प्रयोगले गर्दा समस्याले झन बिकराल रुप लिन थालेको छ । दिगो माटो व्यवस्थापन र कृषि उत्पादनमा वृदिको साथै मानव स्वास्थ्य र पर्याबरण संरक्षणको लागि माटो परिक्षण गरि आवश्यकता अनुसार सन्तुलित रुपमा मलखाद प्रयोग गर्नु आवश्यक छ ।

माटो जाँचको उद्देश्य


माटो जाच गर्नुको २ ओटा उद्देश्य हुन्छन ।
१) माटोको उर्वराशक्ति कस्तो छ भन्ने थाहा पाउन
2) बालि उत्पादनमा कुनै समस्या देखा परेमा त्यसको कारण पत्ता लगाउन

माटोको नमुना लिदा ध्यान दिनुपर्ने कुराहरु

·         माटोको नमुना लक्षित जग्गाको प्रतिनिधित्व गर्ने हुनुपर्छ ।
·         नमुना लिदा अन्नबालिलाई ८-१० इन्च गहिरो र फलफुलका लागि ३-४ फिट गहिराइको पिधसम्मको लिनुपर्छ ।
·         नमुना वोट विरुवाको जरा नजिक तथा मलको थुप्रो नजिक बाट लिनु हदैन ।
·         बालि नलगाएको खालि समयमा नमुना लिनुपर्छ । नमुनाको माटो कम्तिमा आधा केजि हुनुपर्छ ।
·         माटो छहारिमा सुकाउनु पर्छ ।
·         माटो नया तथा सफा थैलोमा राखेको हुनुपर्छ ।

नमुना बनाउने तरिका


·         संकलित माटोलाइ एकनाससँग मिसाएर ४ बराबर भागमा बाड्ने ।
·         ४ भाग मध्येबाट कुनै २ भाग बाकि राखि २ भाग  हटाउने ।
·         बाकि रहेको २ भागलाई पनि राम्रोसँग सँगै मिसाउने ।
·         एकै ठाउँमा मिसाएको माटोलाइ फेरी ४ भाग लगाउने र कुनै २ भाग बाकि राखि २ भाग हटाउने ।यहिँ प्रकृयादारा आधा के जि नमुना परिणाम नआएसम्म मिसाउने र भाग लगाउदै जाने ।

·         यहि नमुना विश्र्लेषणको लागि सफा थैलोमा  पोको पारि त्यसमा कृषकको नाम , ठेगाना ,  मिति , माटोको किसिम ,पहिले कुन बालि लगाएको ,अब कुन बालि लगाउने जस्ता सम्पुर्ण जानकारि सहित परिक्षण गर्न लाने ।

  Natural Resources of Nepal Introduction Natural resources are productive resources that are provided by nature free of charge. They ...