Sunday, August 20, 2023

कसले पाउँछन् कृषि पढ्न ?

Ø  प्लस टुमा विज्ञान विषय पढेकाले

Ø  सीटीईभीटीबाट कृषिमा डिप्लोमा गरेकाले

Ø  आइएसी फरेस्टीमा अध्ययन गरेकाले

कति वर्ष पढ्नुपर्छ ?

Ø  ब्याचलर अफ साइन्स इन एग्रिकल्चरचार वर्ष आठ सेमेस्टर

Ø  मास्टर्स अफ साइन्सदुई वर्ष चार सेमेस्टर

Ø  पिएचडी तीन वर्षछ सेमेस्टरमा अध्ययन गर्न सकिन्छ ।

कुनकुन विषय पढ्नुपर्छ ?

1.       जीव विज्ञान

2.       एग्रो मार्केटिङ

3.       प्योथोलोजी

4.       कृषि वन

5.       ग्रामीण समाजशास्त्र

6.       कीट विज्ञान

7.       बिरुवा प्रजनन आदि ।

कृषि कस्तो कोर्स हो ?

यो कृषिसँग सम्बन्धित पढाइ हो । कृषि पेसालाई कसरी आधुनिकीकरण गर्न सकिन्छ ? कृषि उत्पादनको अध्ययनलाई जोडेर अध्ययन गरिने कोर्स हो । बहुआयामिक व्यवसायका रूपमा कृषिलाई कसरी लान सकिन्छ भनेर यो कोर्समा अध्ययन गरिन्छ ।

फिल्डमा विद्यार्थीले कसरी काम गर्नुपर्छ ?

फिल्डमा फार्म एक्सन रिसर्च गर्नुपर्छ  ‘लर्निङ इन्टरपे्रनरसिप फर एक्सपेरिन्स’ कार्यक्रमअन्तर्गत  महिना प्रधानमन्त्री कृषि परियोजनामा काम गर्नुपर्छ  त्यस्तै फिल्डमा गएर किसानका समस्या के छन् यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर रिसर्च बेसमा कामले धेरै कुरा सिकाउँछ 

कृषिमा केके अवसर छन् ?

कृषिमा धेरै अवसर छन् । पछिल्लो समय विद्यार्थीको आकर्षण पनि बढ्दै गएको छ । कृषिलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ । आर्यआर्जनको माध्यम कसरी गर्न सकिन्छ भनेर कृषिमा अवसर खोज्न सकिन्छ । अहिले ५४ दशमलव ४ प्रतिशत जनसंख्या कृषिमा आश्रित छ । व्यावसायिक रूपान्तरणको आवश्यक छ । भूमि बैंकश्रम बैंकमार्फत विद्यार्थीलाई व्यवसायीकरण गर्न सक्छन् । सरकारी सेवामा प्रवेश गर्नेदेखि एनजिओ आइएनजिओमा पनि काम गर्न सक्ने सम्भावना रहन्छ ।

पढाइ खर्च कति लाग्छ ?

खर्च त्यति लाग्दैन । हरेक विश्वविद्यालयले स्कलरसिपको व्यवस्था गरेका छन् । कम खर्चमा जनशक्ति उत्पादन गर्ने हरेक विश्वविद्यालयको योजना हो । ब्याचलरमा दुईदेखि तीन लाखसम्म लाग्छ । पिएचडीका लागि पाँच लाखसम्म लाग्छ।

अहिलेको कृषि शिक्षाको अवस्था कस्तो छ ?

कृषि शिक्षा रूपान्तरित हुन सकेको छैन । किसानसँगको समस्या र व्यावहारिक शिक्षा कम छ । यसलाई रूपान्तरण गर्न आवश्यक छ । पेसागत कृषिलाई जोड दिन कोर्स परिवर्तन गर्न आवश्यक छ ।

कृषि शिक्षामा पूर्वाधारको अवस्था कस्तो छ ?

पूर्वाधारको अवस्था कम छ । कक्षाहरू डिजिटलाइजेसन हुन सकेका छैनन् । मल्टिप्लेक्स भवनको पनि अभाव छ । हाम्रो कृषि शिक्षालाई हेर्दा न परम्परा समातेको छ न त पश्चिमी शिक्षालाई नै समातेको छ । हाम्रो शिक्षाले व्यावहारिक शिक्षालाई समात्न सकेको छैन । जस्तै अरु मुलुकमा गाईको निबन्ध लेख्नलाई गाई देखाएर लेख्न लगाइन्छ तर हाम्रोमा घोकाइन्छ । ट्राफिक नियमबारे पढाएर हुँदैन उनीहरूलाई बाटोमा सिक्न लगाउनुपर्छ । बोर्डमा विद्यार्थीहरूले पढेका छन् तर जिन्दगी अझै पनि पढ्न सकेका छैनन् । विद्यालय शिक्षकप्राध्यापकहरूले व्यावहारिक शिक्षाको चिन्तन नगरेको अवस्था छ । केही प्रयास भएपनि त्यसलाई संकलन गर्ने वा बिस्तार गर्ने निकायहरू मौन छन् 

No comments:

Post a Comment

  Natural Resources of Nepal Introduction Natural resources are productive resources that are provided by nature free of charge. They ...