कसले पाउँछन् कृषि पढ्न ?
Ø प्लस टुमा विज्ञान विषय पढेकाले
Ø सीटीईभीटीबाट कृषिमा डिप्लोमा गरेकाले
Ø आइएसी फरेस्टीमा अध्ययन गरेकाले
कति वर्ष पढ्नुपर्छ ?
Ø ब्याचलर अफ साइन्स इन एग्रिकल्चर–चार वर्ष आठ सेमेस्टर
Ø मास्टर्स अफ साइन्स–दुई वर्ष चार सेमेस्टर
Ø पिएचडी तीन वर्ष–छ सेमेस्टरमा अध्ययन गर्न सकिन्छ ।
कुन–कुन विषय
पढ्नुपर्छ ?
1. जीव विज्ञान
2. एग्रो मार्केटिङ
3. प्योथोलोजी
4. कृषि वन
5. ग्रामीण समाजशास्त्र
6. कीट विज्ञान
7. बिरुवा प्रजनन आदि ।
कृषि कस्तो कोर्स हो ?
यो कृषिसँग सम्बन्धित पढाइ हो । कृषि पेसालाई कसरी आधुनिकीकरण गर्न सकिन्छ ? कृषि उत्पादनको अध्ययनलाई जोडेर अध्ययन गरिने कोर्स हो । बहुआयामिक व्यवसायका रूपमा कृषिलाई कसरी लान सकिन्छ भनेर यो कोर्समा अध्ययन गरिन्छ ।
फिल्डमा विद्यार्थीले कसरी काम गर्नुपर्छ ?
फिल्डमा फार्म एक्सन रिसर्च गर्नुपर्छ ‘लर्निङ इन्टरपे्रनरसिप फर एक्सपेरिन्स’ कार्यक्रमअन्तर्गत छ महिना प्रधानमन्त्री कृषि परियोजनामा काम गर्नुपर्छ । त्यस्तै फिल्डमा गएर किसानका समस्या के छन् यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर रिसर्च बेसमा कामले धेरै कुरा सिकाउँछ ।
कृषिमा के–के अवसर छन् ?
कृषिमा धेरै अवसर छन् । पछिल्लो समय विद्यार्थीको आकर्षण पनि बढ्दै गएको छ । कृषिलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ । आर्यआर्जनको माध्यम कसरी गर्न सकिन्छ भनेर कृषिमा अवसर खोज्न सकिन्छ । अहिले ५४ दशमलव ४ प्रतिशत जनसंख्या कृषिमा आश्रित छ । व्यावसायिक रूपान्तरणको आवश्यक छ । भूमि बैंक, श्रम बैंकमार्फत विद्यार्थीलाई व्यवसायीकरण गर्न सक्छन् । सरकारी सेवामा प्रवेश गर्नेदेखि एनजिओ आइएनजिओमा पनि काम गर्न सक्ने सम्भावना रहन्छ ।
पढाइ खर्च कति लाग्छ ?
खर्च त्यति लाग्दैन । हरेक विश्वविद्यालयले स्कलरसिपको व्यवस्था गरेका छन् । कम खर्चमा जनशक्ति उत्पादन गर्ने हरेक विश्वविद्यालयको योजना हो । ब्याचलरमा दुईदेखि तीन लाखसम्म लाग्छ । पिएचडीका लागि पाँच लाखसम्म लाग्छ।
अहिलेको कृषि शिक्षाको अवस्था कस्तो छ ?
कृषि शिक्षा रूपान्तरित हुन सकेको छैन । किसानसँगको समस्या र व्यावहारिक शिक्षा कम छ । यसलाई रूपान्तरण गर्न आवश्यक छ । पेसागत कृषिलाई जोड दिन कोर्स परिवर्तन गर्न आवश्यक छ ।
कृषि शिक्षामा पूर्वाधारको अवस्था कस्तो छ ?
पूर्वाधारको अवस्था कम छ । कक्षाहरू डिजिटलाइजेसन हुन सकेका छैनन् । मल्टिप्लेक्स भवनको पनि अभाव छ । हाम्रो कृषि शिक्षालाई हेर्दा न परम्परा समातेको छ न त पश्चिमी शिक्षालाई नै समातेको छ । हाम्रो शिक्षाले व्यावहारिक शिक्षालाई समात्न सकेको छैन । जस्तै अरु मुलुकमा गाईको निबन्ध लेख्नलाई गाई देखाएर लेख्न लगाइन्छ तर हाम्रोमा घोकाइन्छ । ट्राफिक नियमबारे पढाएर हुँदैन उनीहरूलाई बाटोमा सिक्न लगाउनुपर्छ । बोर्डमा विद्यार्थीहरूले पढेका छन् तर जिन्दगी अझै पनि पढ्न सकेका छैनन् । विद्यालय शिक्षक–प्राध्यापकहरूले व्यावहारिक शिक्षाको चिन्तन नगरेको अवस्था छ । केही प्रयास भएपनि त्यसलाई संकलन गर्ने वा बिस्तार गर्ने निकायहरू मौन छन्
No comments:
Post a Comment